काठमाडौँ, १० भाद्र- एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड विरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्च अदालतमा अदालतको अपहेलनाको मुद्दा दायर गर्नु भएको छ ।मेरो एफ.एम को कार्यक्रम सालिन संबाद मा कुराकानी गर्नुहुदै उहाले अदालतको जात सोधेर प्रचण्ड ले भन्न खोज्या के? भन्दै प्रतिप्रस्न पनि उठाउनु भयो,वकिल बिना कुनै न्यायालय हुन सक्दैन,यदी अदालतको मर्यादा नरहने हो भने वकालत गर्नु को कुनै अर्थ हुदैन,अनि कालो कोट को पनि कुनै मर्यादा नरहने उहाले बताउनु भयो ,एउटा वकिल को मर्यादा अनि पेशागत धर्म अदालत संग गासिएको छ त्यो हाम्रो धर्म हो,मेरो व्यक्तिगत रुपमा कसै संग पूर्वाग्रह छैन तर विधिको साशन,संबैधानिक व्यवस्थालाइ खनग्र्याउन खोज्ने ,अनि न्यायिक स्वतन्त्रता माथि आक्रमण भयो भने म मौन बस्न सक्दिन त्यो मेरो धर्म हो, उहाले थप्नु भयो | चर्चा मा आउन त त्यसो गर्नु भाको हैन ? भन्ने प्रश्नमा उहाले एक अंग्रेजी भनाइ बोल्दै प्रधानमन्त्रि भैसक्नु भएको ब्यक्ति ले त्यसो भन्न नहुने र कानुन भन्दा माथि कोहि जान नसक्ने पनि उहाले बताउनु भयो |कार्यक्रम सालिन संबादमा अधिवक्ता दिनेश त्रिपाठी संग गरिएको कुराकानी सुन्न तल "click" गर्नुहोला
http://merofm.com/wp-content/uploads/2013/08/Salin-Sambad-Part-01-.mp3
http://merofm.com/wp-content/uploads/2013/08/Salin-Sambad-Part-02.mp3
२० बर्षिय एक जना टुहुरो युवक को निकै नै पीडादायी कथा व्यथाहरु समेटिएको कार्यक्रम 'सहयोगीहातहरु '
कार्यक्रम प्रशारण मिति :०७०-०४-१२ गते शनिबार राति ९:२०बजे ,पुन प्रशारण ;०७०-०४-१४ गते सोमबार बिहान १०बजे
कार्यक्रम प्रस्तोता :बलराम श्रेष्ठ
प्राबिधिक;मनुका कुँवर
सहयोगको लागि सम्पर्क ;
चन्द्र सुब्बा गुरुङ ;९८०४१४६६५०
मेरो एफ एम को कार्यलय ;०१-४४१२४००,४४१२५००,४४२५९५८
मेरो एफ एम ,२ असार, चुनावको मिति घोषणमा असन्तुष्टि जनाउँदै सरकारविरुद्ध आन्दोलन गरिरहेका दलहरुले आज नेपाल बन्द गर्दा दिनभर जनजीवन प्रभावित भएको छ । बिहानदेखि साँझ ५ बजेसम्मका लागि गरिएको बन्दले लामोछोटो दुरीमा चल्ने यातायात सेवाका साथै शैक्षिक संस्था, कलकारखानालगायत सबै क्षेत्र बन्द भएको थियो । बन्द खुलेपछि जनजीवन सामान्य बन्न थालेको छ । नेकपा–माओवादी, संघीय लोकतान्त्रिक मोर्चा र संघिय समाजवादीसहितका दलले संयुक्तरुपमा बन्द गरेका हुन् । बन्दमा एम्बुलेन्स, प्रेस र अति आवश्यक सवारीलाई भने चल्न दिइएको थियो । बन्दकर्ताले प्रमुख चार दलबीच भएको ११ र २५ बुदे सहमति खारेज गरि नयाँ सहमतिमा जानुपर्ने माग गर्दै आएका छन् । सरकारले वार्ताका लागि आह्वान गरे पनि चुनावको मिति घोषणा गरेको भन्दै उनीहरुले वार्ता पनि नगर्ने बताइरहेका छन् ।
मेरो एफ एम ,३१ जेठ, काठमाडौं - मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आफ्नो भूमिकाका विषयमा कुनै पनि खालको शङ्का नगर्न आग्रह गर्नुभएको छ । राष्ट्रको नाममा आज संबोधन गर्दै अध्यक्ष रेग्मीले कार्यपालिकाको प्रमुखको रूपमा मात्रै आफूले जिम्मेवारी वहन गरिरहेको र न्यायपालिकाको दैनिक कार्यसम्पादनबाट पूर्ण रूपमा अलग रहेकोले कुनै पनि चिन्ता गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले स्वतन्त्र न्यायपालिकाको मर्म र मान्यतामाथिको आफ्नो अटल आस्था रहेको बताउँदै मुलुकको विशिष्ट परिस्थितिमा आफूले कार्यपालिकाको जिम्मेवारी लिने निर्णय गरेको बताउनुभयो । मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले संविधानसभाको चुनाव आम नागरिकको एउटै सङ्कल्प रहेकोले यसलाई जसरी पनि भयरहित र व्यापक जनसहभागितामा सम्पन्न गर्नुपर्ने र त्यसका लागि सरकारले इमान्दार प्रयास जारी राखेको बताउनुभयो । उहाँले संविधानसभाको चुनावमा उत्साहकासाथ लाग्न आह्वान पनि गर्नुभयो । आवधिक संसदीय चुनाव जस्तो घरी घरी हुने चुनाव नभएकोले नागरिकको ऊर्जाशील र सकारात्मक सहभागिताबाट मात्रै संविधानसभाको चुनाव सम्पन्न हुनेसक्ने पनि रेग्मीले बताउनुभयो ।




