"अदालतको जात सोधेर प्रचण्ड ले भन्न खोज्या के?" अधिवक्ता दिनेश त्रिपाठी [अडियो सहित]
काठमाडौँ, १० भाद्र- एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड विरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्च अदालतमा अदालतको अपहेलनाको मुद्दा दायर गर्नु भएको छ ।मेरो एफ.एम को कार्यक्रम सालिन संबाद मा कुराकानी गर्नुहुदै उहाले अदालतको जात सोधेर प्रचण्ड ले भन्न खोज्या के? भन्दै प्रतिप्रस्न पनि उठाउनु भयो,वकिल बिना कुनै न्यायालय हुन सक्दैन,यदी अदालतको मर्यादा नरहने हो भने वकालत गर्नु को कुनै अर्थ हुदैन,अनि कालो कोट को पनि कुनै मर्यादा नरहने उहाले बताउनु भयो ,एउटा वकिल को मर्यादा अनि पेशागत धर्म अदालत संग गासिएको छ त्यो हाम्रो धर्म हो,मेरो व्यक्तिगत रुपमा कसै संग पूर्वाग्रह छैन तर विधिको साशन,संबैधानिक व्यवस्थालाइ खनग्र्याउन खोज्ने ,अनि न्यायिक स्वतन्त्रता माथि आक्रमण भयो भने म मौन बस्न सक्दिन त्यो मेरो धर्म हो, उहाले थप्नु भयो | चर्चा मा आउन त त्यसो गर्नु भाको हैन ? भन्ने प्रश्नमा उहाले एक अंग्रेजी भनाइ बोल्दै प्रधानमन्त्रि भैसक्नु भएको ब्यक्ति ले त्यसो भन्न नहुने र कानुन भन्दा माथि कोहि जान नसक्ने पनि उहाले बताउनु भयो |कार्यक्रम सालिन संबादमा अधिवक्ता दिनेश त्रिपाठी संग गरिएको कुराकानी सुन्न तल "click" गर्नुहोला
http://merofm.com/wp-content/uploads/2013/08/Salin-Sambad-Part-01-.mp3
http://merofm.com/wp-content/uploads/2013/08/Salin-Sambad-Part-02.mp3


0 comments
Write Down Your Responses