मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीद्वारा राष्ट्रका नाममा संबोधन, आफ्नो भूमिकाका विषयमा शङ्का नगर्न आग्रह

मेरो एफ एम ,३१ जेठ, काठमाडौं - मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आफ्नो भूमिकाका विषयमा कुनै पनि खालको शङ्का नगर्न आग्रह गर्नुभएको छ । राष्ट्रको नाममा आज संबोधन गर्दै अध्यक्ष रेग्मीले कार्यपालिकाको प्रमुखको रूपमा मात्रै आफूले जिम्मेवारी वहन गरिरहेको र न्यायपालिकाको दैनिक कार्यसम्पादनबाट पूर्ण रूपमा अलग रहेकोले कुनै पनि चिन्ता गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले स्वतन्त्र न्यायपालिकाको मर्म र मान्यतामाथिको आफ्नो अटल आस्था रहेको बताउँदै मुलुकको विशिष्ट परिस्थितिमा आफूले कार्यपालिकाको जिम्मेवारी लिने निर्णय गरेको बताउनुभयो । मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले संविधानसभाको चुनाव आम नागरिकको एउटै सङ्कल्प रहेकोले यसलाई जसरी पनि भयरहित र व्यापक जनसहभागितामा सम्पन्न गर्नुपर्ने र त्यसका लागि सरकारले इमान्दार प्रयास जारी राखेको बताउनुभयो । उहाँले संविधानसभाको चुनावमा उत्साहकासाथ लाग्न आह्वान पनि गर्नुभयो । आवधिक संसदीय चुनाव जस्तो घरी घरी हुने चुनाव नभएकोले नागरिकको ऊर्जाशील र सकारात्मक सहभागिताबाट मात्रै संविधानसभाको चुनाव सम्पन्न हुनेसक्ने पनि रेग्मीले बताउनुभयो ।

, , , , , , , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.

Pages

Text Widget

Download